११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

त्रिभुवन माविका पूर्व प्रअ ढकाल सम्मानित

त्रिभुवन माविका पूर्व प्रअ ढकाल सम्मानित
अ अ+ अ-

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयले सो विद्यालयका पूर्व प्रधानाध्यापक इश्वरिप्रसाद ढकाललाई सम्मान गरेको छ ।

सो विद्यालयको ७४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहका प्रमुख अतिथि सो विद्यालयका पूर्व विद्यार्थी एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा विशिष्ठ अतिथि पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

सुरुमा सोही विद्यालयका विद्यार्थी ढकालले उक्त विद्यालयमा लामो समय शिक्षण गर्नुभएको थियो । उहाँ उक्त त्रिभुवन मावि र अमलाचौरको पृथ्वी हिरण्य माविमा समेत प्रधानाध्यापक भएर काम गर्नुभएको थियो ।

नेपालमा प्रजातन्त्रको उदय नहुँदै विक्रम सम्वत २००७ माघ १ गते स्थापित सो विद्यालय नेपालको पश्चिमी क्षेत्रको एक पुरानो विद्यालयमा पर्दछ । सो विद्यालयको स्थापना र यसको श्रीबृद्धिमा यहाँका स्थानीय समाजसेवी पण्डित हेमराज शर्मा पौडेलको योगदान रहेको छ । साथै पठन पाठनका क्षेत्रमा डिल्लीप्रसाद शर्मा र पूणर्प्रकाश नेपाल यात्रीको योगदान रहेको छ ।

सो वार्षिकोत्सव कार्यक्रममा बोल्दै आफूले अध्ययन गरेको विद्यालयमा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेकामा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गर्नुभयो । उहाँले स्कुलमा आफ्ना सुरुआती दिनहरुको स्मरण गर्दै आफूले पनि विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पञ्जेबाजा बजाउन सिकाएर नेपाली लोक संस्कृतिको संरक्षणमा लागेको तथा उनीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत संलग्न गराएकामा अध्यक्षा ढकालले सो विद्यालयका शिक्षक शिक्षिकाहरुको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरुको सबैभन्दा ठूलो सम्पत्ति भनेको इमान्दारिता र मेहनत हो भन्दै आगामी दिनमा सफलताका लागि हरेक व्यक्तिले आफूले मेहनत गर्नुपर्ने र जुनसुकै काममा पनि इमान्दार रहनुपर्ने सुझाव पनि दिनुभयो ।

त्यसैगरी सो विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले मुलुकमा शिक्षाको पर्याप्त मात्रामा विकास र विस्तार नभई अरु क्षेत्रको विकास सम्भव नभएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरुलाई विशेष आग्रह गर्नुभयो ।  पूर्व प्रधानाध्यापक ढकालले आफूले लामो समयसम्म अध्यापन गराएको विद्यालयले यसरी सम्मानका लागि सम्झिएकामा खुसी व्यक्त गर्दै विद्यालयका पहिलेका दिनहरुको स्मरण गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अतिरिक्त र सिर्जनात्मक क्रियाकलापहरुमा पनि लगाउने गरिएको जानकारी दिनुभयो ।  त्यस क्रममा विद्यार्थीहरुले पञ्चे बाजाका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएका थिए ।