११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा देउवा–प्रचण्ड–नेपालबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसीका बारेमा छलफल भएको बताइएको छ । खासगरी प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गराउने पक्षमा हुनुहुन्छ ।

उहाँले एमसीसी पारित गराउन अवरोध भए सत्तारुढ गठबन्धन तोड्नेसम्मको सन्देश सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइसक्नुभएको छ । गठबन्धनका प्रचण्ड र नेपाल एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा हुनुहुन्न । यही संशयका बीच गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । शीर्ष नेताबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगबी आगामी जेठ ४ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने समझदारी भएको थियो ।