२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप भलिबल: आर्मीले भारतको हरियाणालाई हरायो, न्यु डायमन्ड सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । चौथो टाइगर कपअन्तर्गत महिलातर्फ समूह बी को खेलमा त्रिभुवन आर्मी क्लबले भारतको हरियाणालाई पाँचौ सेटमा पराजित गरेको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई ३–२ को सेटमा हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५-२० र २५-१८ ले लगातार सेट जित्दै २-१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५-१७ र पाँचौ सेटमा १५-१२ को जित निकाल्दै जित निकालेको हो ।

यससँगैै आर्मीले २ खेलमा २ अंक जोडेको छ भने हरियाणाले १ अंक जोडेको छ । यस नतिजाले ३ अंक बनाएको न्यु डायमन्ड भने सेमिफाइनलमा पुगेको छ । भोली न्यु डायमन्डले हरियाणासँग खेल्नेछन् । यस्तै, समूह ए मा रहेको पुलिसले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।