८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप भलिबल: आर्मीले भारतको हरियाणालाई हरायो, न्यु डायमन्ड सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । चौथो टाइगर कपअन्तर्गत महिलातर्फ समूह बी को खेलमा त्रिभुवन आर्मी क्लबले भारतको हरियाणालाई पाँचौ सेटमा पराजित गरेको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई ३–२ को सेटमा हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५-२० र २५-१८ ले लगातार सेट जित्दै २-१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५-१७ र पाँचौ सेटमा १५-१२ को जित निकाल्दै जित निकालेको हो ।

यससँगैै आर्मीले २ खेलमा २ अंक जोडेको छ भने हरियाणाले १ अंक जोडेको छ । यस नतिजाले ३ अंक बनाएको न्यु डायमन्ड भने सेमिफाइनलमा पुगेको छ । भोली न्यु डायमन्डले हरियाणासँग खेल्नेछन् । यस्तै, समूह ए मा रहेको पुलिसले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।