२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’



अ+ अ-

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।

टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबार दिउँसो टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदाय भेला भएका थिए, अत्यधिक भीड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा र उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्, एकजना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौँ मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।”

भागदौडमा घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी र १६ वर्षीया अनिसा केसी छन् । यसैगरी, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिश्मा मगर रहेका उहाँले बताउनुभयो । महोत्सवमा पस्ने र निस्कनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका थिए । रासस