• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

जनकपुर–जयनगर रेलभित्र लडेर एक जनाको मृत्यु



फाईल फोटो

जनकपुर । जनकपुर–जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको रेलभित्र लडेर मृत्यु भएको हो ।

महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीबाट चढेका थिए । रेलको कन्डक्टर (टीसी) ले टिकट चेक गर्न जाँदा अचानक लडेर उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनामा आवश्यक अनुसन्धान भईरहेको डिएसपी अवाले बताए ।