२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडको वेल्स मोडल स्कुलमा विस्फोट, १ जना घाइते



अ+ अ-

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि विएण्डसी मेडिकल कलेज पठाइएको छ ।

उनको नाम भने खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।