८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्ड र एमबाप्पेलाई पछि पार्दै मेसी सर्वोत्कृष्ट खेलाडी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो ।

म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड र पिएसजीका किलियन एमबाप्पेलाई पछि पार्दै मेसी विजेता रहे । कीर्तिमान आठ पल्टका बालोन डीओर विजेता समेत रहेका एमएलएस क्लब इन्टर मियामीमा आवद्ध छन् ।

 

यस्तै, महिलातर्फ ऐटाना बोनमटी उत्कृष्ट बनिन् । उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनी पनि बालोन डीओरकी विजेता हुन् ।

यस्तै, म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भए ।