२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: आर्मीको जित



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनको भारी आन्तरले पराजित गरेको छ ।

जीतका लागि तीन सय २१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । त्यस्तै मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए । राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा  रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशङ्कर शाहले चार रन बनाए ।

आर्मीका लागि साहब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय २० रनको योगफल बनायो । आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय पारी खेले । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा  बसिर अहमदले १६ रन बनाए ।

आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशललले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि रन्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए ।रासस