२१ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: विनोदको शतकमा मधेशलाई ३ सय २१ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कपमा कप्तान विनोद भण्डारीको कीर्तिमानी शतकमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय २० रन बनायो । आर्मीको लागि विनोद भण्डारीले १ सय १३ रनको शतकीय इनिङ खेले । उनले ९३ बलमा ९ चौका र ६ छक्का हिर्काए ।

यससँगै, विनोद पिएमकपमा दुई शतक बनाएका छन् । उनले यसअघि २०२१ को पिएमकपमा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रन बनाएका थिए । उनको करिअरको चौथो शतक हो ।

एक समय १०२–५ अवस्थामा रहेको आर्मीलाई पाँचौं विकेटका लागि विनोद र कुशल मल्लले १ सय १८ बलमा १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । कुशल ३७ रन बनाउदै आउट भए । यस्तै, सन्तोष कार्की ४२, इमरान शेख २६, विवेक यादव ३७, भीम सार्की १८, बसिर अहमद १६ र सोमपाल कामीले ६ रन बनाए ।

मधेशको लागि रन्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल सिंहले २ विकेट लिँदा रुपेश र राजेश यादवले १-१ विकेट लिए ।