जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा एक जना पुरुष मृत फेला परेका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी पकडियास्थित गहुँ खेतमा आज बिहान मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी पनि सख्त घाइते अवस्थामा फेला परेकी छन् ।
अस्मिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
ससुराली पकडियाबाट श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका राधे मृत भेटिएका हुन् । त्यही क्रममा मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना रहस्यम भएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो ।
राधेका दुई जना साथीहरू भने फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।