१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बिहान ३ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको  धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।

अहिले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको छ । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले बताए ।