४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० सिरिजः अफगानिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित



अ+ अ-

एजेन्सी । अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । इन्दौरको होल्कर स्टेडियममा आइतबार भएको खेलमा भारतीय टोलीले १५.४ ओभरमा ४ विकेट गुमाएर १७३ रनको लक्ष्य पुरा गरेको थियो ।

ओपनर यशस्वी जैसवालले ३४ बलमा ६८ रनको इनिङ खेले भने शिवम दुबेले ३२ बलमा अविजित ६३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १७२ रन बनाएको थियो ।

गुलबदिन नाइबले ३५ बलमा ५७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए ।

यो जितसँगै भारतीय टोलीले ३ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल १७ जनवरीमा बैंगलोरमा हुनेछ ।