४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई सहजै हराउँदै रियलले जित्यो सुपर कपको उपाधि, भिनिसियसको ह्याट्रिक



अ+ अ-

एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई एल क्लासिकोमा ४-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

साउदीको अल अवाल स्टेडियममा भएको फाइनलमा रियललाई सहज जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गरे । उनले खेलको ७, १० औं र ३९ औं (पेनाल्टी)मा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एक गोल ६४ औं मिनेटमा रोड्रीले थपे । यता ३३ औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ७१ औं मिनेटमा रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

रियलको यो १३ औं उपाधि हो । बार्सिलोनाले सर्वाधिक (१४ पटक) स्पेन सुपर कपको उपाधि जितेको छ ।