२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप कान्तिपुर टेलिभिजनमा लाइभ आउने



अ+ अ-

काठमाडौँ । केपी ओली कप २०८० फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुर टिभीले लिएको हो ।

आज आइतबार एक कार्यक्रमकाबीच केएमजीका सीईओ शिशिर पछाइ, र राष्ट्रिय युवासंघ नेपालको तर्फबाट अध्यक्ष क्षितिज थेबेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ । फाइनलबाहेक सबै खेल च्यासलस्थित च्यासल रंगशालामा हुनेछ । फाइनल खेल दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ  ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन् ।

यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ ।