१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको जन्मभूमि लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो । बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म यो कार्यक्रम सञ्चालन हुँदैछ । यसमा बुद्ध बाज बर्न ईन नेपाल भनेर कराएर मात्रै भएन । हामी नेपालीहरुको एउटा सुवर्ण अवसर वा मौका भनेको के छ भने बुद्धको चेला वा भिछु नभइकन बुद्ध पुत्रको रुपमा कहलिँदैन । त्यसका लागि पनि यो एउटा सुवर्ण अवसर हो । र हाम्रा श्रद्धेय भिक्षुहरुले यसका लागि पहल गर्दै हुनुहुन्छ ।’

बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए ।