११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने

हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने
अ अ+ अ-

काठमाडौँ । होटल संघ नेपालले माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ ।

होटल क्षेत्रको समग्र विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो । संघका अध्यक्ष विनायक साहले होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतिबारे समिक्षाको लागि सत्कार दिवस बनाउन लागेको बताउनु भयो । उहाँले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताउनु भयो ।

उहाँले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताउनु भयो । संघले तयार गरेको नेपाल होटल इयरबुक–२०२४ र इ–लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताउनु भयो । उत्सवमा सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गर्ने बताउनु भयो । उहाँले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ २०२३ पर्यटन आगमनमा सुखद् रह्यो । १० लाख भन्दा बढी पर्यटकहरु नेपालमा आउनुभएको छ । त्यही रुपमा सडक मार्ग हुँदै भारतीय पर्यटक आएको र आन्तरिक पर्यटक पनि वृद्धि भएकाले २०२३ राम्रो रह्यो । यो भन्दा अगाडि जानसक्ने क्षमता छ । ३० देखि ३५ लाख पर्यटकलाई थेप्न सक्ने क्षमता पर्यटन पूर्वाधार पुगेको छ । त्यति प्रर्यटक भित्र्याउने लक्ष्य छ । त्यसको लागि माघ २ गते सात्कार दिवस नेपाल हस्पिटालिटी डे भनेर काठमाडौंमा मनाउँदैछौं ।’

‘यसले समग्र होटल उद्योगको अहिलेको अवस्था,होटलको सम्भावना र चुनौतिका विषयमा समिक्षा गछौं । आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरकारसँग बसेर कार्यनीति अगाडि ल्याउँछौं । ५८ वर्ष अघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको थियो । त्यही दिनलाई दिवसको रुपमा मनाउन सत्कार दिवस पहिलो पटक मनाउँदै छौं । यसमा नेपाल होटल इयरबुक–२०२४’ तयार गरेका छौं र ‘इ–लर्निङ प्लेटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक छौं । सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी ३ सय जना पाहुनालाई खुवाउँछौं । यो अब निरन्तर मनाउँछौं । यसले समग्र होटलको विकासमा मदत पुर्‍याउँछ ।’

उहाँले २०२३ पर्यटक आगमनको हिसावमा सुखद् रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्नेगरी काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले २०२३ मा १० लाख पर्यटक नेपालमा आगमन भएको भन्दै ३० देखि ३५ लाख पर्यटकलाई धान्नसक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको भन्दै त्यति पर्यटक भित्र्याउने लक्ष्यकासाथ सरकार र निजी क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल