११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रधानमन्त्री नाम शिखर सम्मेलनमा भाग लिन कम्पाला जाँदै

प्रधानमन्त्री नाम शिखर सम्मेलनमा भाग लिन कम्पाला जाँदै
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक वैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । नाम सम्मेलनमा सहभागी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुुहुनेछ ।

प्रधानमन्त्रीले शिखर सम्मेलनका क्रममा त्यहाँ एकत्र हुनुहुने सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलन प्रारम्भ हुनुअघि आगामी माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै मन्त्री साउद माघ २ गते कम्पालतर्फ प्रस्थान गर्नुहुनेछ । सोही क्रममा कम्पालामा माघ १ र २ गते परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित बैठक हुनेछ ।

शिखर बैठकले मन्त्रीस्तरीय बैठकको प्रतिवेदन समीक्षाका साथै सन् २०१९ मा नाम शिखर बैठकले पारित गरेका विषयको पनि पुनरावलोकन गर्नेछ । साथै बैठकले कम्पाला घोषणापत्र अनुमोदन गर्नेछ ।

नेपाल नामको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै नाममा नेपाल सक्रियरुपमा लागेको छ । असंलग्नता नेपालको परराष्ट्र नीतिको प्रमुख सिद्धान्त हो ।

प्रधानमन्त्री दाहाल माघ ७ गते स्वदेश फर्कनुहुनेछ ।

उन्नाइसौँ नाम शिखर सम्मेलनपछि माघ ७ र ८ गते कम्पालामा नै आयोजना हुने तेस्रो दक्षिण सम्मेलनमा परराष्ट्र सचिव लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञिप्तिमा जनाइएको छ ।