२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णाली प्रदेशले गण्डकीलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि गण्डकीले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्शु शाहीले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै, कप्तान रविन्द्रजंग शाही २०, निश्चल रावल २९, विपिन शाही ६ र अर्जुन घर्तीले १० रन बनाए ।

गण्डकीका अकिंत न्यौपानेले २ र विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । गण्डकीको लागि कमल परियार र अमृत गुरुङले समान २१–२१ रन बनाए । आश्वानी राना १६ र विपिन खत्री १० रन बनाए ।

कर्णालीका अनुज चनारा, दीनेश अधिकारी र दीपेन्द्र रावतले २–२ विकेट लिए भने प्रकाश जैसी, दीवान पुन र रविन्द्र शाहीले १–१ विकेट लिए ।