११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
अ अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताउनुभयो । “यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्”, उहाँले भन्नुभयो । गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट रु सात करोड ५० लाख बराबरको आम्दानी भएको महतोले जानकारी दिनुभयो ।

सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताउनुभयो ।

“जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५/७६ देखि नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।

बौदीकाली गाउँपालिका–५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएकोे बताउनुभयो । “यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ”, उहाँले भन्नुभयो । नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौँलगायत बजारमा निर्यात हुने गरेको छ । रासस