२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरूले घटाए ब्याजदर, कसको कति पुग्यो ?



अ+ अ-

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत तोकिएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।

सबैभन्दा बढी ब्याज दिनेमा एनएमबी बैंक रहेको छ । एनएमबीले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको छ भने सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ७.२६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६० प्रतिशत ब्याजदर दिने भएको छ । नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत, हिमालयन र सानिमा बैंकले ८.१५ र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशतले ब्याजदर कायम गरेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंक, सिद्धार्थ, ग्लोबल आईएमई र नबिल बैंकले ८.१० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.०७ तोकेका छन् भने प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।