५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० मा कोहलीको कमब्याक हेर्न आतुर छन् फ्यान



अ+ अ-

एजेन्सी । अफगानिस्तानसँगको दोस्रो खेलका लागि भारतीय टोली इन्दौर पुगेको छ । दुई टोलीबीचको दोस्रो टेस्ट इन्दौरको होल्कर स्टेडियममा हुनेछ ।

दुवै टोलीले यो खेल जित्न सक्दो प्रयास गर्नेछन् । मोहालीमा भएको पहिलो खेल जितेर भारतले सिरिजमा १–० को अग्रता लिएको छ । अब रोहित शर्माले दोस्रो खेल जितेर सिरिज कब्जा गर्ने प्रयास गर्नेछन् ।

अफगानिस्तानविरुद्धको पहिलो खेलमा रोहित शर्माले करिब डेढ वर्षपछि टी–२० मा पुनरागमन गरेका छन् । अब दोस्रो खेलमा टीम इन्डियाका दिग्गज ब्याट्सम्यान विराट कोहली पनि २०२२ को टी–२० विश्वकपपछि टी–२० मा पुनरागमन गर्न आतुर छन्, जसका लागि उनी नेटमा पसिना बगाएको देखिएका छन् ।

अब बीसीसीआईले सोशल मिडियामा एक पोस्ट साझा गरेको छ जसमा खेलाडीहरूले दोस्रो खेल अघि इन्दौरमा नेटमा अभ्यास गरिरहेका छन् । जसमा कप्तान रोहित शर्मा पनि ब्याटिङको अभ्यास गरिरहेका देखिन्छन्, जो पहिलो खेलमा शुभमन गिलका कारण शून्य रनमा आउट भएका थिए ।

यसबाहेक कुलदीप पनि आफ्नो स्पिनको जादु फैलाउन पूर्ण रूपमा तयार देखिन्छन् । कुलदीप यादव पनि नेटमा कडा मेहनत गरिरहेका छन् । यसका साथै रवि बिश्नोई र रिंकु सिंह पनि दोस्रो खेलमा आफ्नो प्रदर्शनका साथ जितका लागि तयार छन् ।