१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्तिका लागि कालीमाटीमा तरुल किन्नेको भीड- तस्बिरहरु



अ+ अ-

काठमाडौँ । माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।

काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुलहरु पनि काठमाडौंमा माघे संक्रान्तीका लागि बिक्री हुने गर्दछन् ।

नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैँया प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैँया प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको छ ।

न्युज एजेन्सी नेपाल