२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि



अ+ अ-

कास्की । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त गर्यो । उपविजेता गलकोटलाई रु दुई लाख प्रदान गरिएको छ ।

खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१६ अङ्कले जित्यो ।

सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो । यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अन्नपूर्ण र चापाकोटलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।

उनीहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।