११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण’



अ+ अ-

बझाङ । जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आह्वान गरेको छ । 
    
आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गर्नुभएको हो ।

उहाँले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र  जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीले अधुरा रहेका कामबारे समेत प्रजिअलाई जानकारी गराउनुभएको थियो । रासस