२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिनुभएको थियो । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।