१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिवारिक तथा सामाजिक कथामा आधारित ‘डिङ्नो’को टिजर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित सिरियल ‘डिङ्नोः जीवनको साहारा’को टिजर सार्वजनिक भएको छ ।

दाङ जिल्लाको भाषा, कला-संस्कृतिलाई झल्काउने गरि निर्माण भएको सिरियलको टिजर शुक्रबार सार्वजनिक गरिएको हो ।

कलाकार तथा मिडियाकर्मी विष्णु बुढाथोकीको निर्देशनमा निर्माण ‘डिङ्नो’को कथा तथा परिकल्पना कुल बहादुर अधिकारीको रहेको छ ।

सिरियलमा पटकथा रसंवाद पूर्ण बहादुर गन्धर्व, निर्मातामा शैलेश खत्री रहेका छन् भने कार्यकारी निर्माता आनन्द पुन र वसन्त बुढाथोकी हुन् । डिङ्नोको दृश्य कैद अन्कुर गुरुङले गरेका छन् । ‘डिङ्नो’को शीर्ष गीत योगेश काजी शाहको रहेको छ ।

सिरियलमा कलाकार जेबी डिसी, कुलदिप अधिकारी, रोशनी कार्की, पूर्ण बहादुर गन्धर्व, सरिता कठाएत, सन्दीप वस्ति, सागर घिमिरे ,विष्णु बुढाथोकी, सन्तोषी पौडेल, अनिशा न्यौपाने, सुप्रीया अधिकारी, आनन्द पुन, सञ्जय पौडेल, उन्नत जङ्ग उप्रेती, सुजन थापा, आक्रीशा श्रेष्ठको अभिनय रहेको छ ।

माघको पहिलो हप्ताबाट युट्युब च्यानल इएच डिजिटलबाट सिरियल प्रशारण हुनुका साथै टेलिभिजनमा पनि आउने निर्देशक तथा कलाकार विष्णु बुढाथोकीले जानकारी दिए ।