३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, स्कटल्याण्डले पहिले ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । नेपालको यू-१९ क्रिकेट टिमले हाल दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यास गरिरहेको छ । नेपाली टोलिले आजदेखि औपचारिक ‘वार्म अप’ म्याच खेल्दैछ ।

वार्म अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । यसैबीच स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

नेपालले अर्को ‘वार्म अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ । दुई खेलमा नेपालले दुई जित निकालेको छ। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपाल नामिबियाविरुद्ध ६ रनले विजयी भएको थियो ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन्  ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यू-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो ।