३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कप क्रिकेट प्रतियोगिता आजदेखि, दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आज शनिबारबाट सुरु हुँदै छ । आजदेखि सुरु प्रधानमन्त्री कप क्रिकेट माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । एकदिवसीय संरचनामा सञ्चालन हुने प्रतियोगितामा दर्शकले निःशुल्क खेल हेर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।