• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अकल्याण्डमा टिम साउथीले रचे इतिहास, यस्तो उपलब्धी हासिल गर्ने विश्वकै पहिलो बलर बने



न्यूजिल्याण्डले पाँच खेलको टी-२० शृंखला शानदार जितका साथ सुरु गरेको छ । केन विलियम्सनको कप्तानीमा रहेको किवी टोलीले पहिलो टी–२० खेलमा पाकिस्तानलाई ४६ रनले पराजित गर्यो । ब्याटिङमा डेरिल मिचेल र बलमा टिम साउथीले जित दिलाए ।

साउथीले आफ्नो पेस र स्विङले पाकिस्तानी ब्याट्सम्यानलाई तहसनहस बनाए । साउथीले मात्र २५ रन दिएर चार विकेट लिए । साउथीले यस खेलमा यस्तो उपलब्धि हासिल गरे, जुन अहिलेसम्म कुनै बलरले गर्न सकेका छैनन् ।

टिम साउथी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । पाकिस्तानविरुद्धको पहिलो टी–२० खेलमा साउदीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएको थियो । साउदीले मोहम्मद रिजवानलाई आफ्नो पहिलो शिकार बनाए । त्यसपछि किवीका अनुभवी बलर इफ्तिखार अहमदलाई प्याभिलियनको बाटो देखाए । अन्तिम ओभरमा साउदीले अब्बास अफ्रिदी र ह्यारिस रउफलाई आउट गरेको थियो ।

टिम साउथी अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटै फर्म्याटमा १५० विकेट लिने पहिलो बलर पनि हुन् । टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिनेमा साकिब अल हसनको नाम साउथीपछि दोस्रो स्थानमा छ । शाकिबले क्रिकेटको छोटो फर्म्याटमा १४० विकेट लिएका छन् । यो सूचिमा तेस्रो स्थानमा राशिद खान छन्, जसले १३० विकेट लिएका छन् ।

२२७ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सम्पूर्ण टिम १८० रन बनाएर अलआउट भएको थियो । टोलीका तर्फबाट पूर्व कप्तान बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बाबरले आफ्नो ५७ रनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार गरे । तर बाबर बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान क्रिजमा बसेर खेल्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । टोलीका तर्फबाट डेरिल मिचेलले उत्कृष्ट ब्याटिङ गर्दै २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले भने केन विलियम्सनले ४२ बलमा ५७ रन बनाए । यो जितसँगै किवी टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ ।