११ असार २०८३, बिहीबार
,
Latest
फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द



अ+ अ-

बैतडी । बैतडीका  विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।  

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार  जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य  कार्यमा रोक लगाइएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनभुयो । यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । 

प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहलाई पत्र लेख्दै कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिश र सङ्घीय सरकारबाट निर्देशन भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको हो । माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो । सो निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, कलेज सञ्चालन गर्न पाइने छैन् । 

यस्तै विद्यालय, कलेजका पूर्व निर्धारित, जनशक्ति भर्ना, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा र चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । 

यस्तै खोप कार्यक्रमलाई जिल्लाभर अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रहसमेत गरेको छ । यहाँका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइरहेको छ ।  रासस