४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
अ+ अ-

ढोरपाटन (बागलुङ) । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ ।

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन । गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला–२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ । पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ ।

तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन । ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन । गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन् । केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो ।

गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन् । वर्षौं पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन् । गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उहाँले बताउनुभयो । पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताउनुहुन्छ ।

“बराह तालमा हामी निर्वाचित भएर आएदेखि नै संरक्षण र प्रचारप्रचारमा जुटेका छौँ, अघिल्लो कार्यकालदेखि लाखौँ रकम विनियोजन गरेर काम गर्दै आएका छौँ, मन्दिर, खानेपानी, शौचालय र घेराबारको काम भएको छ, पोहरसालसम्म मोटरबाटो पुगेको थिएन, प्रदेश सरकारसँग सहकार्य गरेर बाटो पुर्‍यायौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पहिले सुनसान थियो, निकै कम पर्यटक आउने गर्थे, अहिले सडक पनि पुग्यो, पदमार्ग पनि निर्माण गर्‍यौँ, यहाँसम्म पुग्न सहज भएपछि धेरै पर्यटक पुग्न थालेका छन्, यसको प्रचारप्रसार र थप संरचना बनाउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।”

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन् । यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ । यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन् ।

स्थानीय तिलकुमारी रसाइलीले अहिले बराह ताल राम्रो बनेको बताउनुभयो । पहिलेपहिले पुशचौपाया र यहाँ आउने मान्छेले ताल फोहर गर्ने गरेको जनाउँदै उहाँले अहिले पानी सफा रहेको बताउनुभयो । तीन वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक यहाँ घुम्न आउने गरेकामा अचेल हरेक महिना तालमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको रसाइलीले बताउनुभयो । तालसम्म बाटो पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न र यात्रा गर्न सहज भएको उहाँको भनाइ छ ।

रसाइलीले भन्नुभयो, “पहिला तालमा बाहिरबाट आउने मान्छेले चाउचाउ, बिस्कुटका कागज, पानीका बोतल र फाल्ने गर्थे, गाईभैँसी तालमा छिर्थे, जसले गर्दा तालको पानी फोहर हुने गथ्र्यो, अहिले निकै सफा छ, राम्रो पनि देखिएको छ, पहिलेको तुलनामा घुम्न आउने मान्छे पनि बढेका छन्, पैदल हिँड्ने बाटो पनि बनेको छ, गत वर्षदेखि गाडी हिँड्ने बाटो बनाएका छन्, त्यही भएर मान्छे त्रिपाल टाँगेर राति बास बस्न पनि यहाँ आउँछन् ।” रासस