५ मंसिर २०८१, बुधबार
,
Latest
खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह स्वीडेन र नेपालबीच दुईपक्षीय कार्बन व्यापार हुने सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी हुन जरुरी छ : राष्ट्रपति पौडेल नेप्से परिसूचक नौ अङ्कले बढ्यो काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ: परराष्ट्रमन्त्री साउद



file photo
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उहाँले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गर्नुभयो ।

“कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।”

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पार्नुभयो । उहाँले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताउनुभयो । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिनुभयो ।

शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।”