२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।

नेपाल बादोरियो कराते डो सङ्घद्वारा यहाँ आज आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराते प्रतियोगिता’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उल्लेख गर्दै खेलकुदमा राम्रो सम्भावना भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावना छन् । त्यसमध्ये खेलकुद राम्रो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।”