२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिनुभयो ।

भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीलगायतको सहभागिता थियो । उहाँहरुले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा कुरा राख्नुभएको थियो ।

सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस