२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सरकारको बचाउमा राष्ट्रपति भण्डारी, सहकार्यका लागि दलहरुसँग आग्रह

सरकारको बचाउमा राष्ट्रपति भण्डारी, सहकार्यका लागि दलहरुसँग आग्रह
अ अ+ अ-

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरुबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय, महाराजगंजमा मंगलबार अपराह्न संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु एवं पूर्व प्रधानमन्त्रीहरुबीच आयोजित भेटघाट कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले नागरिकका दैनिक समस्या र जनजीविकाका विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन आह्वान गर्नु भएको थियो ।

वर्तमान केपी ओली सरकारले गरेका कार्यहरुको बचाउ गर्दै राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको महामारी नियन्त्रण र नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन गर्ने सन्दर्भमा दलहरुले देखिएको अभूतपूर्व एकताका लागि धन्यवाद पनि दिनु भएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको सहभागिता थियो ।

तर बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल तथा जसपा संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई उपस्थित हुनु भएको थिएन ।

गृहमन्त्री बादल एमालेका तर्फबाट उपस्थित

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा तत्कालीन नेकपा (माओवादी) का नेता एवं गृहमन्त्री रामबहादुर थापालाई नेकपा (एमाले) का तर्फबाट उपस्थित भनी उल्लेख गर्नु भएको छ ।

राष्ट्रपति बंगलादेश जाने

भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीले आफू बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा ढाकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बंगलादेशका राष्ट्रपतिले निमन्त्रण गर्नु भएकाले निकट भविष्यमा आफूले बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनु भएको थियो ।