२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प



अ+ अ-

एजेन्सी । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ ।

उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ ।

भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो । अफगानिस्तानको राजधानी काबुलमा, स्थानीय बासिन्दाहरू, भूकम्पको धक्का महशुस गर्दै, आफ्नो घर र अपार्टमेण्ट छोडेर भागेका थिए । भूकम्पको धक्का पाकिस्तानसम्म महशुस गरिएको थियो ।