• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

भारतले अफगानिस्तानलाई ६ विकेटले हरायो, सिरिजमा १-० को अग्रता



एजेन्सी । भारतले अफगानिस्तान विरुद्धको टी–२० सिरिजको पहिलो खेल ६ विकेटले जितेको छ । भारतले अफगानिस्तानविरुद्धको अपराजित कीर्तिमान कायम राखेको छ । टी-२० मा अफगानिस्तानमाथि भारतको यो पाँचौं जित हो ।

यो जितसँगै भारतीय टोलीले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल १४ जनवरीमा इन्दौरमा हुनेछ ।

मोहालीमा बिहीबार भएको खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

शिवम दुबेले अविजित ६० रन बनाए भने जितेश शर्माले ३१ रनको इनिङ खेले । ओपनर शुभमन गिलले २३ रन र तिलक वर्माले २६ रनको योगदान दिए । बलिङमा मुकेश कुमार र अक्षर पटेलले २–२ विकेट लिए ।

पावरप्लेमा अफगानिस्तानले रोहितको रनआउट र माजिबको विकेटले दबाब सिर्जना गरेको थियो । एक समय टीम इन्डियाको स्कोर २८ रनमा दुई विकेट थियो ।

तर मध्य ओभरमा आएका अफगान बलरले पावरप्लेमा सिर्जना भएको दबाबको फाइदा उठाउन सकेनन् र तिलक र शिवम दुबेले टोलीलाई समस्याबाट निकाल्न सफल भए । दुवैले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे ।

दुबेले जितेश शर्मासँग ४५ रन जोडेर साथ दिए । अन्त्यमा फिनिसर रिंकु सिंहले केही राम्रा प्रहार गरे । उनले ९ बलमा १६ रनको इनिङ खेले ।

टस हारेर पहिले ब्याटिङमा आएको अफगानिस्तानको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले पहिले ८ ओभरमा बिना कुनै विकेटको ५० रन बनाएको थियो तर टोलीले नवौं र दशौं ओभरमा गुरबाज र जद्रानको विकेट गुमाएको थियो ।

इब्राहिम जद्रान र रहमानउल्लाह गुरबाजको जोडीले पहिलो ६ ओभरमा ३३ रन मात्र जोड्न सके । अक्षरले आठौं ओभरमा गुरबाजको विकेट लिएर यो साझेदारी तोडेका थिए । ९औं ओभरमा जद्रान फर्किए र त्यसपछि १० औं ओभरमा अक्षर पटेलले रहमत शाहलाई ३ रनमा बोल्ड गरे ।

यहाँबाट मोहम्मद नाबी आए र अजमातुल्लाह ओमरजाईसँग अर्धशतकीय साझेदारी गरे । नाबी र ओमरजाईबीच चौथो विकेटका लागि ४३ बलमा ६८ रनको अर्धशतकीय साझेदारी भएको थियो । यो साझेदारीमा ओमरजाईले १८ बलमा २६ रन बनाए भने नाबीले २५ बलमा ४१ रन जो डे। ओमरजाई २९ रन बनाएर आउट भए भने नाबी ४२ रन बनाएर आउट भए । नजिबुल्लाह जद्रान १९ रन र करिम जनात ९ रनमा अविजित रहे ।

नाबीको इनिङ्सले अफगानिस्तानलाई बल दियो । जसका कारण अफगानिस्तानले भारत विरुद्धको टी–२० मा सर्वाधिक रन बनायो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको हो ।

१५९ रनको लक्ष्य पछ्याउन आएको भारतीय टोलीले शून्य रनमा पहिलो विकेट गुमाएको थियो । यहाँ भारतीय कप्तान रोहित शर्मा इनिङ्सको दोस्रो बलमा खाता नखोल्दै आउट भए । यस्तो अवस्थामा शुभमन गिल र तिलक वर्माले इनिङ्सलाई अगाडि बढाए ।

पावरप्लेको अन्त्यसम्ममा भारतीय टोलीले ३६ रनमा दुई विकेट गुमाएको थियो। गिल (२३ रन)लाई विकेटकिपर रहमानउल्लाह गुरबाजले स्टम्प गरेका थिए । त्यसपछि ९औं ओभरमा तिलक वर्मा (२६ रन)लाई गुलबदिन नाइबले क्याच आउट गरे । दुबेले वर्मासँग ४४ रनको साझेदारी गरे ।

त्यसपछि जितेश शर्माले दुबेलाई साथ दिए । जितेशले २० बलमा ३१ रनको इनिङ खेल्दै स्कोरलाई गति दिए र दबाब मुक्त गरे । १४ औं ओभरमा जितेश शर्माको विकेट मुजिब उर रहमानले लिए । तिलकको विकेटपछि रिंकु सिंह आए र अन्तिमसम्म रहे । १८औं ओभरमा शिवम दुबेले छक्का र चौका प्रहार गर्दै टीम इन्डियालाई जित दिलाए । उनले ४० बलमा ६० रनको अविजित इनिङ खेले । रिंकुले ९ बलमा १६ रन बनाए ।