२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडकको काममा तिब्रता आएको छ: मन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताउनु भयो । उहाँले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने दाबी गर्नुभयो । उहाँले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताउनु भयो ।

उहाँले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताउनु भयो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताउनु भयो । उहाँले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भयो । उहाँले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेका समस्या केके हुन् भन्नेकुरा एकएक गरेर हामीले पहिचान गरिसकेका छौँ । अहिले हामीलाई कन्ट्याक्टरले भनेको मुख्य समस्या भनेको स्थानीय निर्माण सामग्रीहरु हो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा त्यो समस्या छैन, पहिलादेखि नै समाधान भइसकेको छ । पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि हामीले स्थानीय तहसँग पनि सहमति गरिरहेका छौँ । बुटवल उपमहानगरपाकिलासँग, सुनौलो, खैरेनी नगरपालिका, देवदह नगरपालिकासँग् सहमति भइसकेको छ । अब निर्माण सामग्रीको पनि अभाव हुँदैन । अब मुलत: कन्ट्याक्टरको हिसावबाट आवश्यक उपकरण, आवश्यक जनशक्ति र आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ ।

त्यसका निम्ति पनि हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । अहिले विद्युत पोल र तारको केही समस्या छ, त्यो काम पनि अघि बढेको छ । क्लियरेन्स गर्न विद्युत पोल र तारको काम केही बाँकी भएपनि काम गर्न प्रशस्त ठाउँ छ । अहिले तत्काललाई मर्मतसम्भारको कुरालाई प्राथमिकतामा दिउँ भनेर लागेका छौँ । हाम्रो अहिलेको प्राथमिकता भनेको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम गर्ने हो । हामी केही दिनमै दुवै राजमार्ग नारायणगढ—बुटवल र मुग्लिन—पोखराको लागि पनि त्यहाँ जाँदै छौँ । त्यहाँ गएर सर्वपक्षिय भेला जस्तो राख्छौँ । समाधानको निकास निकाल्नेछौँ । पछिल्लो समयमा प्रगति केही अघि बढेको छ । केही न केही सुधार भएको छ । काममा तिब्रता आएको छ । यसलाई गतिदिन विभिन्न दबाब दिएर काम सक्ने गरी अघि बढ्नेछौँ ।’

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताउनु भयो । उहाँले काम गरे/नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताउनु भयो ।