२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो



(सांकेतिक तस्बिर)
अ+ अ-

कर्णाली । आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिनुभयो । 

पैँतीस ३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।