२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘ताजा जनादेश’का नाममा प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रधानमन्त्रीको संकेत

‘ताजा जनादेश’का नाममा प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रधानमन्त्रीको संकेत
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले पनि संसद विघटनकै पक्षमा देखिनुभएको छ । उहाँले मुलुकले ताजा जनादेश चाहेको भन्दै फेरि पनि संसद विघटन गर्ने चाहनाको संकेत दिनुभएको हो । उहाँले सो संकेत हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा पनि दिनुभएको छ ।

उता राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं पनि ताजा जनादेशकै पक्षमा देखिनुभएको थियो । उहाँले पनि निर्वाचन त लोकतान्त्रिक पद्दति हो नि, सबैले स्वीकागर्नुपर्ने होइन र भनेर घुमाउरो पारामा निर्वाचनमा जान सकिने बताउनुभएको थियो । 

हिजोको सो बैठकमा कुनै दलहरु नबोलेका तर प्रधानमन्त्रीले भने संसद नै कामयबी नबनेकोले देशले फेरि पनि नयाँ निर्वाचन खोजेको बताउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गर्नुभएको थियो । 

संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् सुचारु गर्नेतर्फ लाग्न सुझाएका थिए ।

‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सञ्चारकर्मीसँगको संवादमा भन्नुभएको थियो । 

हिजोको बैठकको प्रधानमन्त्रीको अभिव्यक्ति एवं केही दिनयताको संसद बैठकको अवस्था हेर्दा मुलुक फेरि पनि निर्वाचनमा नै जाने देखिएको छ । संसद बैठक बिजनेसमा प्रवेश गर्न सकेको छैन । प्रधानमन्त्रीले विघटन गरे पनि सर्वाेच्च अदालतले विघटन गरिदिएको संसद बैठक फाल्गुण २३ गतेबाट शुरु भएको छ तर बस्न सकेको छैन । 

यसकारण पनि प्रधानमन्त्री ओलीले संसद बैठक अवरुद्ध भएपछि यो संसदले निकास नदिने र ताजा जनादेशमा जानुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आउनभुएको छ ।