१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गौशाला २६ को फोटो र नाम ट्वीटरमा राख्ने कार्यकर्तालाई गर्यो कारबाही



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै एक कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटाले गौशाला २६ (परिवर्तित नाम) को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राखेपछि कारबाहीमा परेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

बुधबार गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।