२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बिसेले लगाएको बिर्सन नसक्ने गुन

बिसेले लगाएको बिर्सन नसक्ने गुन
अ अ+ अ-

गोरखा माझकोटमा वि. सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपालउपत्यकालाई वि. सं. १८२६मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बस्यो । एकीकरणका क्रममा पृथ्वीनारायणले शस्त्रमात्र होइन कुटनीति, राजनीतिसहित हरेक क्षेत्रका विज्ञलाई परिचालन गरे ।

पात्रअनुसारको पद, योग्यताअनुरुपको जिम्मेवारी, योगदानका आधारमा दर्जा दिए । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची परिवारका विसे नगर्चीले पृथ्वीनारायणलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरे । टाकुरेराजासँग आर्थिक अभाव हुनु त स्वभाविकै थियो ।

उनलाई बुबा नरभूपालको शासनकालमा हात नलागेको नुवाकोट राज्य लिनुथियो, गोरखाराज्यलाई विशाल नेपालमा मिसाएर दक्षिणबाट बढ्दै आएको अंग्रेजबाट जोगानुथियो । वि. सं. १८००मा नुवाकोटसँग भएको युद्धमा पृथ्वीनारायणले नै पराजयको स्वाद चाखे । गोरखाले विजयपतका फहराउनका लागि युद्ध प्रशिक्षिण एवं हतियार आवश्यक थियो ।

यसका लागि गोरखाराज्यसँग नगद थिएन । यो अप्ठेरो अवस्थामा सल्लाह लिन पृथ्वीनारायण शाह आफैँ बिसे नगर्चीकहाँ पुगे । सत्रौँ शताब्दीका राजाले नगर्चीको घरमा जानु त्यो परिवेशमा अचम्मको विषय मान्न सकिन्छ । नरभूपालका शासनकालमा नै विसेको पहुँच दरबारमा नभए पृथ्वीनारायण अवश्य जाने थिएनन्, उनका कुरा सुन्ने थिएनन्, सुझाएको बाटो हिँड्ने थिएनन् ।

यथेष्ट ऐतिहासिक सामग्रीको अभावमा बिसे कसका सन्तान थिए ? उनले नरभूपाललाई के गुन लगाएका आदिको कारण वा कुन क्षमताले पृथ्वीनारायणलाई विसेको घर जाने प्रेरणा दियो त्यो विचारणीय छ । तथापि बिसेको विवेक, गोरखादरबारप्रतिको इमान्दारिता, राजसंस्थाप्रतिको निष्ठा थाहा पाएका हुँदा पृथ्वीनारायण उनको घरमा पुगे । राजा सबैका साझा हुनाले नै पृथ्वीनारायणले विसेको थर, जाति, पेशालाई भुलेर आफ्नो परिस्थितिलाई बिसाउन गए ।

बिसेको मनमा विशाल गोरखाराज्य, बलियो गोरखाराज्य, नुवाकोटसहितको गोरखाराज्यले स्थान जमाएको थियो । कर नतिर्नेहरुले, राजस्व छल्नेहरुले विसेलाई संझनुपर्छ, अर्थमन्त्रालयले विसेको चिन्तनलाई स्वीकार्नुपर्छ, अर्थविद्हरुले विसेको जुक्तिबाट शिक्षा लिनुपर्छ । अनपढ्, अछुतको खोल अढे पनि विसेभित्र गोरखाराज्यको मुना पलाएको थियो जसले पृथ्वीनारायणको नर्सरीमा स्थान पाएको हुनाले एकीकरणको जग बसाल्न सहयोग गर्‍यो ।

विसेले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म थियो । विश्वविद्यालयको पढाईले प्रमाणपत्र दिन्छ तर राष्ट्रिय नदिन पनि सक्छ । बिसेमा पारिवारिक विरासद्, व्यक्तिगत अनुभूति, वर्तमान परिस्थितिले गोरखाली वीरता उम्लिराखेको थियो । पृथ्वीनारायण शाहलाई विसेको विचार र दिशानिर्देश उपयुक्त लाग्यो । सोहीअनुसार गरी बनारसबाट हात–हतियार किनी ल्याए ।

वि. सं. १८०१मा गोरखाले दोस्रोपटक नुवाकोटमाथि हमला गरे । यस युद्धमा बिसेले हतियार लिएर, गोरखनाथ र गोरखकालीको आशीर्वाद ग्रहण गरी सहभागी बने । नेपाल एकीकरणको शिल्यान्यास नुवाकोटबाट भयो र काठमाडौँको एक खण्ड गोरखाराज्यमा गाभियो । नुवाकोटयुद्धबाट प्रष्ट हुन्छ कि बिसे दमाईले सिपाहीको भूमिका निर्वाह गरी विशाल नेपालको शुभ साईतमा दमाहमात्र बजाएनन्, द्रव्यमात्र दान गरेनन् जीवनलाई नै समर्पित गरे । बिसेलाई कुटनीति, युद्धनीतिदेखि अर्थनीतिसम्म राम्रो ज्ञान थियो ।

सैनिकलाई आवश्यक पर्ने कपडा, युद्धविजयपछि बजाउने बाजामा नगर्ची परिवारको महनीय योगदान थियो । सबै जात, पेशा र धर्मका मानिसलाई एककीरणको महायज्ञमा सहभागी गराएको हुनाले पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी भने । उनको फूलबारीमा कालु पाँडेदेखि बिसे नगर्ची, बिराज बखेतीदेखि शिवराम बस्न्स्यातसम्म अटाएका थिए । बिसे नेपाल एकीकरणको एक आर्दश, राष्ट्रवादी एवं वीर सपुत्र हुन् । उनको खोज इतिहासविद्ले मात्र होइन गोरखालीले पनि गर्न जरुरी छ ।

नगर्चीको नाम भजाउने, फिजाउने, अस्त्र बनाउने क्रम दिन प्रतिदिन बढ्दै गए पनि वास्तवकिता ओझेलमा परेको छ । माझकोटभन्दा केही तल रहेका नगर्ची बस्तीको कान्ला, ढुङ्गा र पखेराबाहेक अरुलाई बिसेको यर्थाथ ज्ञान छैन । नुवाकोटपछिका केही युद्धमा उनको नाम देखिए पनि देहान्तका बारेमा इतिहास मौन छ ।

उनलाई पृथ्वीनारायणले नुवाकोटमा बसाए कि ? काठमाडौँमा ल्याए कि ? गोरखाको सुरक्षा दिन लगाए त्यो खोजको विषय छ । बिसे एकीकरणका नायक हुन् जसको विषय अहिले विलीन हुने अवस्थामा पुगेको छ । राष्ट्रिय एकता दिवसका अवसरमा बिसेको विवेक, विचार र योगदानलाई नमन ।

भौगोलिक रूपमा, जातजातिका हिसाबले, धार्मिक, आर्थिक र रीतिरिवाजले विविधता बोके पनि पृथ्वीनारायणले नेपाल र नेपालीलाई साक्षी राखी एकताको बिगुल फुकेकÓ कारण नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको छ । पृथक् संस्क¯तिमा रमेका सानातिना राज्यहरूलाई, एउटै राज्यसूत्रमा आबद्ध गरी, एउटै राष्ट्रिय भाव जगाउनु र विभि; धर्मावलम्बीलाई सहिष्णुताको पाठ सिकाउनु त्यो समयका लागि सामान्य कुरा होइन । यसको मर्म आत्मसात् गर्न नसकेकÓ कारण शान्ति सुरक्षा, कानुन र मर्यादा भ;े क¬रा हराइसकेको छ । बिसेका विचार अहिले ओझेलमा परेका छन् ।

उनीमाथि उनकै थरधारीले लाभ, हानिलाई ध्यान दिएर काम गर्न थालेका छन् । राष्ट्रको मौलिक पहिचान, सुसंस्क¯ति, रीतिरिवाज, संस्कार र परम्परा प्रभावहीन हुन पुगेको वर्तमान परिप्रेक्ष्यमा विसे चिन्तन र योगदानको चर्चा हुन आवश्यक छ । जाति र धर्मका नाममा राष्ट्र विखण्डनको दोसाँधमा उभिएका बेला बिसेको विचारलाई माटोमा मन्त्रिएर फैलाउनुपर्छ । हामीले क¬लधर्म र मुल परम्परा छोड्नु भनेको आफ्नै पुर्खा र राष्ट्रलाई धोका दिनु हो भन्ने ज्ञान बिसे निगर्चीबाट सिक्नुपर्छ ।

स्वार्थ, सत्ता र सुविधाका लागि नैतिकता छोडेर, सिद्धान्त बेचेर, राष्ट्रलाई बन्धकी राख्नेहरुले पृथ्वीनारायण र बिसेबीचको राष्ट्रचिन्तन पढ्न आवश्यक छ । यो मन्त्रलाई बिर्सेर कसैलाई वर्ग शत्रु मा;े, अवसरका लागि संस्कार र संस्कतिको खेतीमा लागिरहेको देखिन्छ । गोरखालीले वीरतालाई भूल्न हुँदैन, नेपालीले एकतालाई भुल्न हुँदैन जसकालाई बिसेको विषय र विचारलाई सुन्नुपर्छ, सोध्नुपर्छ, सोचमा राख्नुपर्छ ।