१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल एम्पायर बुटिक होटेलमा महिलालाई ‘५० प्रतिशत छुट’



अ+ अ-

काठमाडौं। विगत चारवर्षदेखि राजधानीको गैह्रीधारा, बालुवाटारमा दरवार शैलीमा सञ्चालित ‘रोयल एम्पायर बुटिक होटेल’ले आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्न नयाँ र नौलो प्याकेज अघि सारेको छ । कोरोनाको विश्वव्यापी महामारीपछि गएको पुस महिनादेखि विभिन्न नयाँ÷नयाँ प्याकेजका साथ सो होटेल पुनः सञ्चालनमा आएको हो ।          
तत्कालीन श्री ३ महाराज जुद्धशमसेर जंगबहादुर राणाले करीव सय वर्ष अगाडी गैह्रीधारा, बालुवाटारमा बनाएको ‘ध्रुब दरवार’ नै चारवर्ष अघि ‘रोयल एम्पायर बुटिक होटेल’ मा परिवर्तन गरि राजषि ठाँटका साथ सञ्चालनमा आएको हो । 

युवा पर्यटन व्यवसायी क्षितिज मुनंकर्मी सहितको सानो समूहद्वारा करीव १५ करोडको लगानीमा तयार गरिएको उक्त होटेल देशभरीका अन्य होटेलहरु भन्दा फरक शैलीमा सञ्चालित रहेको छ । परम्परागत राणाकालीन दरवारकै शैलीमा जिर्णोद्धार गरि नयाँ दरवार झैं लाग्ने गरि पुनर्जीवन दिइएको सो दरवार (होटेल)हेर्न र त्यहाँ बस्नका लागि स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । कोरोनाको महामारीपछि पुनः सञ्चालनमा आएको उक्त होटेलले दुई महिनाको छोटो अवधिमै आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुटका साथ विभिन्न नयाँ प्याकेजहरु अघि सारेको होटेलका प्रमुख कार्यकारी अधिकृत क्षितिज मुनंकर्मी बताउँछन् । 

राजषि शैलीका १५ कोठामध्ये १३ कोठाहरु बस्नको लागि र २ वटा कोठालाई आकर्षक सभाहल मार्फत आफ्ना ग्राहकहरुको मन जित्दै आएको उक्त होटेलले पछिल्लोपटक हरेक बुधबार ती १३ वटा कोठा महिलाहरुको लागि भनेर ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाएको छ । गएको मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर होटेलले हरेक बुधबार महिलाहरुलाई ५० प्रतिशत छुटमा कोठा उपलव्ध गराउन थालेको होटेल सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत मुनंकर्मी बताउँछन । 

दरवारमा राजषि ठाँटमा बसेको अनुभव गराउने उक्त होटेलको अति सुविधा सम्पन्न एउटा कोठाको एकदिनको मूल्य १० हजार रहेको छ भने बुधबार महिलाहरुले सो कोठाको ५ हजार रुपैयाँमात्रै तिरे पुग्छ । यसको साथै उक्त होटेलले १० हजार रुपैयाँदेखि बर्थडे प्याकेज अघि सारेको छ भने सस्तो मुल्यमा अर्गानिक ब्रेकफास्ट देखि बफे खाना समेतको व्यवस्था पनि गरेको छ । मुलुकमा आधुनिक र सुविधासम्पन्न तारे होटलहरु खोल्दै विदेशी पर्यटक लोभ्याउँने गरेको वर्तमान समयमा युवा व्यवसायी मुनंकर्मी सहितको सानो समूहले ऐतिहासिक महत्व बोकेको राणाकालीन पुरानो दरवारलाई मर्मत सम्भार र जिर्णोद्धार गरी नयाँ र आकर्षक शैलीमा होटेलको रुपमा विकास गरेको हो । 

करीव १५ करोड रुपैयाँको लागतमा तयार गरिएको सो होटेलमा नेपालको राणाकालदेखि शाहीकालसम्मका राजाहरुको इतिहासलाई तस्वीरमार्फत जीवन्त राख्ने प्रयास गरिएको छ ।
ऐतिहासिक धरोहर, सम्पदा, पाटीपौवा तथा दरवारहरु क्रमशः भत्किँदै र नस्ट गरिँदै गएको वर्तमान अवस्थामा मुनंकर्मीले मौलिक संस्कृति र ऐतिहासिक दरवारलाई संरक्षण र सम्वद्र्धन गर्दै त्यसको स्वरुपलाई नबिगारी होटेलको रुपमा विकास गरिनुलाई सबैले सकारात्मक रुपमा लिएका छन । 
जुद्धशमसेरले आफ्ना छोरा ध्रुव शमशेरलाई अंशको रुपमा उपहार दिएको हुनाले सो दरवार ध्रुव दरवार को नाउँमा परिचित रहेको होटेलका प्रमुख कार्यकारी अधिकृत मुनंकर्मी बताउँछन ।

दरवारको भित्री कोठाहरुलाई पुर्णरुपमा दरवारकै शैलीमा आधुनिक बनाइएको छ भने बाहिरी रुपलाई जस्ताको तस्तै रंगरोगन गरिएको छ । जिर्ण अवस्थामा रहेको ध्रुव दरवारलाई मर्मत सम्भार र जिर्णोद्धार गरेपछि त्यसको रुपमा आकास जमीन फरक भएको मुनंकर्मी बताउँछन् । भूँईतल्ला, पहिलो र दोस्रो तल्लामा गरि १५ वटा सुविधासम्पन्न पाहुना कोठाको साथै ३०० जना अट्ने सभाहल, रेष्टुरेण्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढी लगायतका करीव दुईदर्जन सेवा सुविधा उपलब्ध छन । 
यो होटेलमात्र नभएर क्राउन मल्टी कुजिन पनि उपलब्ध रहेको हुँदा होटेलमा रात विताउनेमात्र नभई सभा सम्मेलन, गोष्ठीदेखि विवाह, व्रतवन्धलगायतका सामाजिक र उत्सवका लागि ५ सय जना अट्नसक्ने क्षमताको सभाहल पनि रहेको छ ।