२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले अफगानिस्तानविरुद्धको पहिलो टी–२० नखेल्ने



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टीमका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् ।

कोहलीले बिहीबार मोहालीमा हुनलागेको भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल नखेल्ने भएका हुन् ।

व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिए । कोहलीले सिरीजका बाँकी दुई खेल भने खेल्नेछन् । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ ।

कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् । केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुन: टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा पर्ने बताएका छन् ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।