११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन: रमेश लेखक

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन: रमेश लेखक
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताउनुभएको हो । उहाँले मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले एउटा पार्टीका उम्मेदवारहरुले अर्को पार्टीका उम्मेदवारहरु नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरु जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको बताउनु भयो । पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताउनु भयो । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताउनु भयो । साथै गठबन्धनले सबै जिल्लाहरुमा पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन छ । हामीले उम्मेदवार पनि गठबन्धनबाटै दिएका छौँ । आफ्ना सबै उम्मेदवारहरुलाई जिताउनका लागि विभिन्न ठाउँमा समितिहरु बनाउने कुरा भएको छ । यसले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति बनेको छ । हामीले हिजोदेखि त्यसको काम प्रारम्भ गरेका छौँ । पहिलो चरणमा हामीले हिजो नै सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेका छौँ । जुनजुन प्रदेशमा जुनजुन पार्टीको मतदाताहरु छन्, त्यो पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष ती पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने त्यसपछि त्यो सात प्रदेशको समन्वय समितिले सबै जिल्लाहरुमा पनि जुनजुन जिल्लामा जुन पार्टीको मतदाता छ, त्यो पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने भन्ने हामीले निर्णय गरेका छौँ ।’

‘यी समन्वय समितिले एकअर्कासँग समन्वय गरेर सबै मतदाताहरुलाई गठबन्धनका पक्षमा मतदान गर्नका लागि उत्प्रेरित गर्ने, सम्पर्क गर्ने, मत गणनासम्मका लागि यी समितिहरु क्रियाशील रहनेछ । मत बाँडिदैन, किनभने पहिलो कुरा के छ भने यसमा निश्चित मानिसहरु मतदाता छन् । मतदाता प्रदेश सभाका मान्य सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु छन्, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु छन् । यी सबै पदाधिकारी भनेका आफ्ना आफ्ना पार्टीका नेता नै हुन् । आफ्ना पार्टीका नेताले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नुहुन्छ । त्यसरी मत विभाजित हुने अथवा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति हुँदैन । यो भनेको व्यवस्थापन गर्ने विषय हो । जस्तो उम्मेदवारहरुलाई सबै मतदातालाई भेट्टाउनुपर्‍यो । हाम्रो पार्टीको उम्मेदवार छन्, अर्को पार्टीको मतदाताले नचिनेको हुनसक्छ । अन्तरक्रिया नभएको हुनसक्छ । यी समन्वय समितिले सबै पार्टीका गठबन्धन भित्रका उम्मेदवारलाई मतदातासँग अन्तरक्रिया गराउँछन् र निर्वाचन व्यवस्थित बनाउने काममा लाग्छौँ । ’

राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहनुभएका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल