• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

आज छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ घटेर एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबार कै मूल्यमा यथावत रहि प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।