१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका सभामुख विष्टले दिए राप्रपाबाट राजीनामा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका नवनियूक्त सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् ।

सभामुखमा निर्वाचित भएसँगै विष्टले आफू आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा उनले भनेका छन्, ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु । मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु’ ।

विष्ट प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।