६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको क्यानलाई पत्र : सफाइ नपाएसम्म क्रिकेट नखेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका लामिछानेले कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् । अदालतबाट कुनै मुद्दामा दोषी प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । तर नैतिक विषय भएकाले सन्दीप आफैँ अलग भएका हुन् ।

क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको सजाय निर्धारणको प्रतीक्षा गरेपनि क्यानले निर्णय लिनुअघि सन्दीप आफैँले निर्णय सुनाएका हुन् । सजाय पाइसकेपछि क्यानले पनि उनलाई क्रिकेट खेलबाट निलम्बन गरेको छ । उनी उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा रहेको बताइएको छ ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । जिल्ला अदालतले मुद्दाको पूर्णपाठ निकालेर सन्दीपले बुझेको १०० दिनभित्र पुनरावेदन गरिसक्नुपर्छ । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनत: प्राप्त छ ।