२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान संशोधनका लागि तल्ला कमिटीबाट सुझाव लिने नेकपा एसको निर्णय



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरुबाट सुझाव लिने भएको छ ।

एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरु र कार्यकर्ताहरुबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो । त्यसका लागि गत केन्द्रिय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रश्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । जिल्लाबाट प्राप्त सुझावका आधारमा पुनः अर्को विधान मस्यौदा बनाएर आगामी माघको १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा प्रश्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो – ‘आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई यसैमा केन्द्रित हुन, व्यवस्थापन गर्न, प्रचार गर्न र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको निम्ति पार्टीले आव्हान गर्ने निर्णय गरेको छ । माघको १४ र १५ मा पार्टीको केन्द्रिय परिषद्को बैठक बस्दैछौँ । त्यसमा पार्टीको विधान संशोधनका विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रिय कमिटीको बैठकले जे सुझाव संकलन गरेको थियो, संकलन गरेको सुझाव र त्यसका आधारमा एउटा मस्यौदा प्रस्ताव बनाएर ति बुँदाहरु हामीले तल पठाउने निर्णय गरेका छौँ । भोलिदेखि जिल्लाका कार्यकर्ताहरुमा यो पुग्नेछ । कमिटीहरुमा पुग्नेछ । उहाँहरुले सुझाव दिनुहुनेछ । त्यो सुझावको आधारमा हामी फेरि अर्को मस्यौदा प्रश्ताव बनाएर १४, १५ को केन्द्रिय परिषद्को बैठकमा प्रश्तुत गर्नेछौँ ।’

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई केन्द्रित गराउने निर्णय पनि गरेको छ । निर्वाचनको व्यवस्थापन, प्रचार र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको निम्ति आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।